रोजगारीका लागि साउदी अरब गएका मध्ये सप्लाइ र कन्ट्राक्टिङ कम्पनीमार्फत काम गरिरहेका नेपाली महिलाले महिनौंदेखि तलबसुविधा नपाउने गरेको पाइएको छ । साउदी अरबका अन्य रोजगारदातासँग काम गरिरहेका धेरै नेपाली महिला तलब नपाएर बिचल्लीमा पर्ने गरेको पाइएको हो ।
यसरी बिचल्लीमा परेर नेपाली दूतावासमा उजुरी दिनेमध्ये सप्लाइ र कन्ट्राक्टिङ कम्पनीहरूमा काम गरिरहेका नेपाली महिला धेरै छन् । सोभैm रोजगारीका लागि साउदी अरब जान महिला कामदारका लागि विभिन्न प्रक्रिया पार गर्नुपर्ने भएकाले यो प्रक्रिया छल्न सप्लाइ र कन्ट्राक्टिङ कम्पनीहरूमा पठाइने गरेको पाइन्छ । यस्ता कम्पनीमा काम गरिरहेका नेपाली महिलाहरू पारिश्रमिक, आवास, कार्यस्थल, घर फिर्ति, औषधोपचार लगायतका सुविधाबाट बञ्चित हुने गरेको दूतावासले जनाएको छ ।
यसरी गएका र अन्य विवादमा बिचल्लीमा परेका नेपाली महिलालाई साउदी अरबस्थित नेपाली दूतावासले सेल्टरमा राखी क्रमशः नेपाल पठाउँदै आएको छ ।
चालू आर्थिक वर्षको ४ महिलामा साउदीस्थित नेपाली दूतावासले विभिन्न सप्लाइ र कन्ट्राक्टिङ कम्पनीहरूबाट उद्धार गरेर १२ महिलालाई आश्रय दिएको थियो । यो अवधिमा उद्धार गरी सेल्टरमा राखिएका मध्ये कानुनी प्रक्रिया पूरा गरेका ९ जनालाई भने दूतावासले स्वदेश फर्काइसकेको छ । दूतावासले सप्लाइ र कन्ट्राक्टिङ कम्पनीहरूमा काम गर्ने महिला श्रमिकमा धेरै समस्या देखिन थालेपछि यसको मागपत्र समेत रोक्का गरेको छ ।
महिला कामदार माग सम्बन्धी मागपत्र प्रमाणीकरण गर्ने प्रक्रियालाई हाल रोक्का गरिएको दूतावासले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
“विभिन्न सप्लाइ र कन्ट्राक्टिङ कम्पनीहरूबाट साउदी अरब आएका नेपाली महिला श्रमिकहरूका पारिश्रमिक, आवास, कार्यस्थल, घर फिर्ति, औषधोपचार लगायतका विषयमा समस्याहरू छन्,” दूतावासद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ, “सप्लाइ र कन्ट्राक्टिङ कम्पनीहरूमा काम गर्न आएका थुप्रै गुनासाहरू रहेका छन् ।” दूतावासका प्रतिनिधिहरूले गरेका विभिन्न कम्पनी तथा आवासहरूको भ्रमण र महिला श्रमिकहरूसँग गरेका कुराकानीका क्रममा प्राप्त सूचना र गुनासोहरूलाई विश्लेषण गर्दा समस्या धेरै रहेकाले सरकारले तत्काल कारवाही प्रक्रिया अघि बढाउनुपर्ने देखिएको छ ।
“महिला श्रमिकका समस्या समाधानमा उल्लेखनीय सुधार नभएसम्मका लागि सप्लाइ र कन्ट्राक्टिङ कम्पनीबाट महिला कामदार ल्याउने सम्बन्धी मागपत्र प्रमाणीकरण रोक्का गरिएको छ,” दूतावासद्वारा जारी प्रतिवेदनमा भनिएको छ, “तर साउदी अरबस्थित अस्पताल, विद्यालय एवं विश्वविद्यालयले प्रत्यक्षरुपमा कामदार माग गरेमा ती निकायहरूको भ्रमण गरी उपयुक्त देखेमा मागपत्र प्रमाणीकरण गर्न भने रोकिएको छैन ।”
मुद्दापछि ६४ करोड क्षतिपूर्ति
ट्राफिक दुर्घटनामा परी विभिन्न समयमा निधन भएका नेपाली नेपाली नागरिकहरूको २४ करोड क्षतिपूर्ति भराइएको छ । दूतावासले अदालतमा ८० वटा मुद्दा दायर गरेको थियो । आवको पहिलो चौमासिकमा अघिल्लो आर्थिक वर्षबाट आएका समेत गरी ८४ पटक विभिन्न मुद्दाहरूको सुनुवाइमा उपस्थित भई नेपाली दूतावासले धारणा राखेको थियो । यसमध्ये १० वटा मुद्दाहरू फैसला भएका छन् । फैसलाबाट मृतकका परिवारले साउदी रियाल करिब ६ लाख ९२ हजार क्षतिपूर्ति पाउने भएका छन् । यो चौमासिकमा फैसला भएका र यसअघि फैसला भई क्षतिपूर्ति प्राप्त गर्न बाँकी रहेका फैसला समेतबाट गरी यस अवधिमा साउदी रियाल ८ लाख रुपैयाँ मृतकका परिवारमा पु-याउन परराष्ट्र मन्त्रालयमा पठाएको दूतावासले जनाएको छ ।
Discussion about this post