काठमाडौं । बलात्कारको आरोप लागेका वर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ । आज बसेको जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।
संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा महरामाथि बलात्कार मुद्दा लागेको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
आफूमाथि अभियोग लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । महराले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका थिए ।
Discussion about this post