उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले गरेको राजिनामाको आग्रहलाई दोस्रो पटक पनि अस्वीकार गरेकी छन् । सचिवालय बैठकको निर्णयसमेत नमानेपछि दुवै नेताले उनलाई आइतबार विहान बालुवाटारमै बोलाएर छलफल गरेका थिए ।
तुम्बाहाम्फेले सभामुखमा आफूलाई उम्मेदवार बनाउनुपर्ने अडान दोहोर्याउँदै राजीनामा नगर्ने प्रष्ट पारेको स्रोतले जनाएको छ । उनलाई सभामुखको उम्मेदवार चयनका लागि पनि राजीनामा आवश्यक रहेको भनेर नेताहरुले सम्झाएका थिए । तर उपसभामुखले राजीनामा दिन्न भनेर हिँडेको बालुवाटार स्रोतले जनाएको छ ।
Discussion about this post