महिला अधिकारकर्मी वन्दना राणा यूएन सिड कमिटीको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवार घोषणा भएकी छिन् । परराष्ट्र मन्त्रालयले राणालाई दोस्रो पटक नेपालको उम्मेदवारका रुपमा घोषणा गरेको हो । अहिले राणा सिडकी उपाध्यक्ष हुन् । सिड कमिटीमा १८९ राष्ट्र सदस्य छन् । १८९ मतमध्येबाट यसपटक ११ सदस्य चयन हुनेछन् ।
निर्वाचन सेप्टेम्बरमा हुदैछ । राणा सिड कमिटीमा चयन हुने पहिलो नेपाली हुन् । लामो समयदेखि महिला अधिकार र सञ्चारको क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा काम गर्दै आएकी राणा सञ्चारिका समूहकी पहिलो निर्वाचित अध्यक्ष हुन ।
Discussion about this post