कोभिड १९को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको महिला उद्यमीले बताएका छन् । महिला उद्यमी महासंघ नेपालले आयोजना गरेको अनलाइन प्रेस बैठकमा बोल्दै उनीहरुले आफ्ना समस्या राखे । कोरोनापछि व्यापार गर्ने महिलाका लागि ऋण दिने भने पनि त्यसको लागि प्रपोजल लगायतका कुरामा सामान्य उद्यमीको पहुच नहुनाले समस्या भएको महासंघकी अध्यक्ष रिता सिंहले बताइन् । भनिन्, ‘ऋण लिने वातावरण सहज भए महिलालाई व्यवसायमा टिक्न सजिलो हुने थियो ।’ कार्यक्रममा संस्थाकी द्वितीय उपाध्यक्ष शोभा ज्ञवालीले सञ्चारमार्फत सकारात्मक सन्देश फैलाएर आशाको संभावना खोज्नुपर्ने बताइन् । भनिन्, ‘विपतमा मिडियाको भूमिका महत्वपुर्ण हुन्छ । आज हामीले बा“च्न सिकायौं भने प्रगती गर्न सक्छौं ।’
उपत्यकामा १ सय २५ उद्यमी रहेको महासंघको ५० वटा जिल्ला शाखा छन् । अहिले गाउ“मा बजारीकरणको समस्या भएकोले अनलाइन बजारीकरणमा तालिम दिएको संस्थाकी कार्यकारी निर्देशक अनामिका सिंह भण्डारीले जानकारी दिइन् । यस्तो समयमा पनि आफुहरुले कसरी काम गर्न सकिन्छ र जिल्लासम्म कसरी उद्यमी महिला बनाउने भन्नेमा आफुहरु लागेको प्रथम उपाध्यक्ष निरु खत्रीले बताइन् । उद्यमशीलता विकास कोष सरकारले बनाए पनि चाहेको जस्तो सजिलो नभएको कारण व्यवहारिकतामा ध्यान दिनुपर्नेमा संस्थाकी तृतीय उपाध्यक्ष दर्शना श्रेष्ठको सुझाव छ ।
कर्मचारीको रोजीरोटीको लागि पनि आफुहरुले जोखिम मोलेर कोरोनाको समयमा काम गरिरहेको चतुर्थ उपाध्यक्ष हजुरी विष्टले बताइन् । भनिन्, ‘हामीस“ग धेरैको रोजगारी जोडिएको छ ।’ महिलाले अझ कर्मचारीको संवेदना बुझेर कामबाट निकाल्न नसक्ने कारण महिलाले चलाएका व्यवसायलाई सबैले सहयोग गर्नुपर्ने उनीहरुको माग थियो । संस्थाकी सचिव बसन्ती प्रधानले आफुहरु ऋण लिन जा“दा तपाईंहरु जस्ता खान पुग्ने महिलाको लागि होइन भन्ने जवाफ पाएको बताइन् । भनिन्, ‘हामीले त सकेका छैनौं ऋणको प्रक्रिया पु¥याउन अझ ग्रामिण महिलालाई समस्या भएको र यसलाई सजिलो बनाउन पर्छ ।’
Discussion about this post