विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले देशलाई लकडाउन घोषणा गरेको छ ।
११ चैतबाट लकडाउन लागू भएकोमा १२ चैतमा बसेको कोरोना रोकथाम उच्चस्तरीय समन्वयन समितिको बैठकले विभिन्न ठाउँमा अलपत्र परेका पर्यटकलाई काठमाडौं ल्याउने निर्णय गरेको थियो ।
१३ चैतपछि लुक्लाबाट ५१७ जनको उद्दार गरिएको पर्यटन विभागले जनाएको छ ।
३५ वटा उडानबाट ५ सय १७ जनालाई काठमाडौं ल्याईएको हो । जसमा सबैभन्दा बढी तारा एयरको उडान रहेको छ । ५१७ जना मध्ये ३४८ जना विदेशी रहेका छन् ।
Discussion about this post