माला साहको न्यायका लागि अधिकारकर्मी महिलाहरूले अभियान संचालन गर्ने भएका छन् ।
दुई दशकदेखि माला साहको शरीर बन्धक बनाई यौन शोषण गर्ने, शारीरिक तथा मानसिक यातना दिने, उनका बुबाको हत्या गर्ने, श्रीमान् बेपत्ता पार्ने, छोराहरूलाई लेखपढ गर्नबाट बञ्चित गर्ने र ज्यान मार्ने धम्की दिने नेपाल आर्मीका पूर्व सहायक रथी हेम खत्रीलाई कानूनी कार्वाहीको माग गर्दै अधिकारकर्मीहरूले एकजुट भएर अभियान थाल्न लागेका हुन् ।
अभियान अन्तरगत मालाको न्यायका लागि आवाज उठाउदै आएका महिलाहरूले मंगलबार महिला मानव अधिकार रक्षकका केन्द्रीय अध्यक्ष तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लैंगिक विज्ञ समूहका सदस्य डा. रेणु अधिकारीलाई भेटेर मालाको न्यायका लागि अघि बढ्न दबाब दिएका छन् ।
Discussion about this post