जुम्लाको कनकासुन्दरी गाउँपालिकाभित्र रहेका सुत्केरी आमाले प्रोत्साहन भत्ता गत वर्षबाट पाएका छैनन् । नेपाल सरकारले स्वास्थ्य सस्थामा सुत्केरी आमा र गर्भमा रहेको बच्चाको ज्यानलाई सुरक्षाका साथ बच्न र बाँच्न पाउनको लागि स्वास्थ्य संस्थामा सुत्केरी भएबापत भत्ता दिने गरेको छ ।
सुत्केरी आमाले पाउनुपर्ने ३ हजार आठ सय रुपैयाँ कनका सुन्दरीका आमाले नपाएको गुनासो गरेका छन् । सुत्केरी भएको एक वर्ष बितिसक्दा पनि नेपाल सरकारबाट पाउनुपर्ने सुत्केरी प्रोत्साहन भत्ता नपाएको र स्वास्थ्य संस्थामा माग्न जाँदा गाउँपालिकाबाट बजेट नआएको हुँदा दिन नसकेको मालिका बोताका स्वास्थ्य संस्थाहरुले बताउने गरेका छन् ।
सरकारबाट पाउनुपर्ने सेवा पनि समयमा नपाएपछि सिंहदरबारको अधिकार गाउँमा आएको अनुभूति नभएको कनका सुन्दरी गाउँपालिका वडा नम्बर २ मालिका बोताकी सुनमाया रावतले बताइन् । कनका सुन्दरी गाउँपालिकाको मातहतमा रहेको हाटसिन्जा, मालिका बोता, कोटघरमा रहेको बर्थिङ सेन्टरमा सुत्केरी भएका धेरै सुत्केरी आमाले सुत्केरी प्रोत्साहन भत्ता पाएका छैनन् ।
हाटसिन्जामा गत वर्ष सुत्केरी भएका १४ जना र यो वर्षका २४ जना गरी ३८ जना र मालिका बोतामा गत वर्षका ५ जना र यो वर्षका १६ जना गरी २१ जना सुत्केरी आमाले प्रोत्साहन भत्ता नपाएको बारेमा रिपोर्टसहित जानकारी गाउँपालिकाको स्वास्थ्य शाखामा पु¥याइएको स्वास्थ्य संस्थाका प्रमुखहरुले बताएका छन् ।
Discussion about this post