
पुस २३, काठमांडौ ।
महासंघको सातौं अधिवेशनले रीता सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको प्रथम उपाध्यक्षमा नीरू रायमाझी खत्री, द्वितीय उपाध्यक्ष शोभा ज्ञवाली, तृतीय उपाध्यक्षमा दर्शना श्रेष्ठ, चौथो उपाध्यक्षमा हजुरी श्रेष्ठ चयन भएका छन् ।
यस्तै महासचिवमा सुनीता वैद्य श्रेष्ठ, सचिवमा बासन्ती प्रधान, कोषाध्यक्षमा महालक्ष्मी श्रेष्ठ निर्विरोध निवार्चित भएका छन् । कार्यसमिति सदस्यमा सुमित्रा पलाञ्चोके, कुन्नम पोखरेल, सविता सुवेदी, नीता पोखरेल, श्रद्धा जोशी चयन भएका छन् । साधारण सभाले प्रदेश १ को सदस्यमा गोमा भट्टराई, प्रदेश २ मा देव कुमारी, प्रदेश ३ मा लक्ष्मी खनाल, प्रदेश ४ मा कासी गुरुङलाई संयोजकमा निर्बाचित गरेको छ । यस्तै प्रदेश ५ मा सरस्वती शर्मा, प्रदेश ६ मा कविता थापा र प्रदेश ७ मा सरला खड्का निर्विरोध निर्वािचत भएकी छन् ।
मनोनीत कार्यसमिति सदस्यमा दीपा थपलिया र आमन्त्रित कार्यसमिति सदस्यमा सरिता तुलाधरलाई मनोनीत गरेको महासंघले जानकारी दिएको छ । महासंघको कार्याकाल तीन बर्षको हुने छ ।
Discussion about this post